काँकडभिट्टा , फागुन १ । मेचीनगर–६ काँकडभिट्टामा आइतबार बिहान आगलागीबाट दुई घर जलेका छन् ।

आगलागीबाट भानु टोलका नारायण तिम्सिना र पासाङ तामाङको घर क्षणभरमै जलेर खरानी भएका हुन् ।

मेचीनगरको दमकल एक महिनादेखि बिग्रिएर ग्यारेजमा थन्किएको छ । विद्युत् सर्ट भइ आगो लागेपछि स्थानीय र सुरक्षाकर्मी मिलेर आगो नियन्त्रणमा लिएका थिए । पानी, बालुवा र स्याउला प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणपछि मात्रै बिर्तामोडको दमकल आएको थियो । स्थानीय जीवन थापाले नगरपालिकाको दमकल नहुँदा घर जलेर नष्ट भएको बताए । उनले आक्रोश पोख्दै भने, ‘एक महिनासम्म दमकल नबनाउँदा मेचीनगरमा आगलागीबाट क्षति बढेको बढ्यै छ ।’
आक्रोशित स्थानीयले मेचीनगरका मेयर विमल आचार्य र उपप्रमुख मीना उप्रेतीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्