झापा , फागुन २ । झापाको भद्रपुर नगरपालिका-१ लाहुरे चौकका ३४ बर्षीय अमरबहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

आज बिहान साढे ५ बजे तामाङले मोबाइल बिगारेको बिषयमा ३४ वर्षिया अनिता लिम्बुलाई घाटी तथा शरिरमा चक्कु प्रहार गरि आफ्नै घरमा हत्या गरेका थिए ।

चक्कु प्रहार गर्ने तामाङलाई सीमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा लिएर गएको छ । मृतकको लाश आवश्यक कानूनी प्रकृया पुरा गरी पोष्टमार्टमको लागि मेची अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्