पथरीशनिश्चरे, फागुन २ । मोरङको पथरीशनिश्चरे नगरक्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरमा आज आगलागी हुँदा ९ लाख बढीको सामान जलेर नष्ट भएको छ ।

सो स्थानमा रहेका ३ वटा परिवारको टहरा र तिनमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको हो । दिउँसो भएकाले मानवीय क्षति भने नभएको बताइएको छ ।

ए १ हट नं–१९ का तिलक राईको पुरानो तीनवटा टहरामा राखिएको महत्वपूर्ण कागजातबाहेक अन्य अत्यावश्यक खाद्यान्न , लुगाफाटा , भाडाकुडा, मोवाइल –३ थान , साईकल–२ थान , सिलिन्डर ग्यास–२ थान ,३ तोलाको गरगहना र बन्दै गरेको कंक्रिट घरको लागि जोहो गरिराखेको ४ लाखबढी नगद लगायत जलेर नष्ट भएको पीडित परिवारका छोरा अर्जुन राईले बताए ।
सोमबार दिउँसो ३ः३० बजेतिर बंगुरको लागि चारो पकाउने क्रममा पुरानो टहरामा राखिएको दाउराबाट आगो सल्किएको पीडित परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्