बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था फेरि देशकै उत्कृष्ट भएको सुन्दा बिर्तामोडवासी हर्षित एवं गौरवान्वित भएका छन् । वास्तवमै देशभर उत्कृष्ट बन्न सफल बिर्तामोड खानेपानी संस्था बिर्तामोडको गौरव हो ।

यसअघि सन् २०१८ मा देशकै उत्कृष्ट बन्न सफल बिर्तामोड खानेपानी संस्था यस वर्ष दोस्रो पटक उत्कृष्ट घोषित भएको हो । सहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषले बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई उत्कृष्ट सेवाग्राही घोषित गर्दै पुरस्कृत गर्ने भएको छ । खानेपानी संचालन ,पानीको गुणस्तरीयता , महशुल ,लिकेजलगायतलाई आधार मानेर दश जनाको विज्ञ टोलीले गरेको मूल्यांकनमा आफूहरुको संस्था उत्कृष्ट बन्न सफल भएको हो ।

संस्थाका संस्थापक अध्यक्ष टोरुप प्रसाईले नेतृत्व सम्हालेदेखि नै बिर्तामोड खानेपानी संस्था अब्बल रहँदै आएको छ । पछिल्लो समय जलकुमार गुरुङले अध्यक्षता गरेदेखि यसको कुशल व्यवस्थापनका कारण यसले देशभरिमै आफ्नो पहिचान बनाउन सफल भएको हो । वास्तवमा बिर्तामोड खानेपानीले कुशल नेतृत्व पाएको छ । नेतृत्व लिने व्यक्तिमा अरूलाई प्रभाव पार्न सक्ने र समग्र संस्थालाई सफलताको मार्गमा डो¥याउन सक्ने विशिष्ट खुबी हुन जरूरी छ । त्यसैले अध्यक्ष एक कुशल नेता हुनु अनिवार्य छ । अध्यक्षको आफ्ना मातहतका संचालक समिति र कर्मचारीहरूलाई अगुवाइ गर्ने गुणलाई नेतृत्व भनिन्छ । यो गुण सबै व्यक्तिमा हुँदैन । जुन व्यक्तिमा नेतृत्वको गुण हुन्छ, उसले आफ्ना साथीहरू र मातहतका व्यक्तिहरूलाई कुशलतासाथ प्रोत्साहित गर्छ, उनीहरूमा विश्वास जगाउँछ तथा आफू एवं संस्थाप्रति निष्ठावान् बनाउँछ ।

कुशल नेतृत्वबिना संगठनको व्यवस्थापन अपुरो र अधुरो हुन्छ । नेतृत्व भनेको खास उद्देश्य पूर्तिका लागि आफ्नो मातहतमा रहेका व्यक्तिहरूलाई उत्साहपूवर्क कार्य गर्न प्रभावित गर्ने प्रक्रिया हो । जसले नीति–नियमअनुसार निर्देशन दिने अधिकार प्राप्त गरेको हुन्छ ।
आज काठमाण्डौको दरबार मार्गस्थित होटल याक एण्ड यतिमा हुन लागको कोषको ३४ औं बार्षिक उत्सवको अवसर पारेर बिर्तामोड खानेपानी संस्थालाई दोस्रो पटक पुरस्कृत गर्न लागिएको हो । यसरी सँधै उत्कृष्ट बन्न सकोस् हाम्रोतर्फबाट हार्दिक बधाई तथा शुभकामना छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्