झापा , फागुन ४ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-२ बेनीस्थित फेरामा सकेट बम भेटिएको छ ।

स्थानीयले बारीमा काम गर्ने क्रममा बम फेला पारेपछि प्रशासनलाई खबर गरेका थिए । बम फेला पारिएको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको प्रशासनले जनाएको छ । बम डिस्पोजलका लागि ओखलढुङ्गाबाट डिस्पोजल टोली आइपुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिए । निक्कै पुरानो जस्तो देखिने उक्त बम द्वन्द्वकालीन समयमा लुकाइएको हुनसक्ने प्रहरीको अनुमान छ । केही समयमा बम डिस्पोजल टोलीले डिस्पोज गर्ने प्रहरीले जनाएको छ ।