गामी बैशाख ३० गतेका लागि घोषित स्थानीय तहको निर्वाचनका लागि टिकटको हानथाप शुरु भइसकेको छ । कसरी टिकट हत्याउने भनेर आकांक्षीहरुले हरेक दाउपेच अपनाउन थालिसकेका छन् । यसक्रममा बिर्तामोडमा पनि टिकटको होडबाजी शुरु भइसकेको छ । गुट , उपगुट , सोर्स फोर्स , लबिङ, चाकडीजस्ता हरेक हत्कण्डा अपनाउने काम भित्रभित्रै चलिरहेको छ । त्यो गर्ने तिनै हुन् जसले हिजो टिकट पाए र टिकट पाएनन् । मतलब राजनीतिक खेलाडी तिनै पुराना अनुहारहरु हुन् ।


२०७४ सालको निर्वाचनमा दावी गर्नेहरु नै यसपटक पनि मेयरको आकांक्षी बनेका हुन् । नेपाली कांग्रेस , नेकपा एमाले , माओवादी केन्द्र सबै पार्टीमा मेयरको दावी गर्नेमा अघिल्लो निर्वाचनमा टिकटको होडमा रहेकाहरु नै छन् ।

सत्तारुढ नेपाली कांग्रेसमा हेर्ने हो भने गत स्थानीय तहको निर्वाचनमा मेयरको टिकटका लागि प्रतिष्पर्धा गर्ने जलकुमार गुरुङ र भोजराज सिटौलाबीच यसपटक पनि मुख्य प्रतिष्पर्धा हुने देखिएको छ । त्यस्तै नेकपा एमालेमा पनि पुरानै अनुहारहरुले दावी गरिरहेका छन् । अहिलेका मेयर धु्रवकुमार शिवाकोटी दोस्रो कार्यकाल दोहो¥याउने दाउमा छन् । त्यस्तै प्रदेश सांसद एकराज कार्की , उपमेयर पवित्रा महतारा प्रसाई , बिर्तामोड नगरपालिकाको जागिर छोडेका देवराज कार्की , वडा अध्यक्षहरु अग्नीप्रसाद पाण्डे , नगेन्द्रप्रसाद संग्रौला , उमानाथ ओली , मोहन शिवाकोटीको नाम चर्चामा रहेको छ ।

त्यस्तै माओवादी केन्द्रमा अरुण श्रेष्ठ , सीपी कडरिया , राजु आचार्यलगायतको नाम सुनिएको छ । गत निर्वाचनमा टिकटको प्रतिष्पर्धा भयंकर देखिएको थियो । यस निर्वाचनमा झन् घमासान पर्ने संभावना रहेको छ । कसले कसलाई छेक्ने , छिर्के लगाउने , लडाउने खेल गत निर्वाचनमा पाइयो । यस पटक अहिलेदेखि नै आकांक्षीहरु मैदानमा उत्रिसकेका छन् ।

आउँदो निर्वाचनमा सत्तारुढ गठबन्धनले बिर्तामोड नगरपालिकाको निर्वाचनमा चुनावी तालमेल गर्ने अनुमान गरिएपनि हालसम्म त्यसबारे छलफल भएको छैन । निर्वाचनको तयारीस्वरुप राजनीतिक दलहरुले संगठन निर्माण ,सुदृढीकरण र पार्टी प्रवेश कार्यक्रमलाई तीब्रता दिएका छन् । राम्राभन्दा आफ्ना व्यक्तिलाई टिकट दिने प्रवृति सबै पार्टीमा छ । पैसावालालाई टिकट दिने लोभपाप रहेसम्म राम्रा व्यक्तिले टिकट पाउनै सक्दैनन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्