दमक , फागुन ४ । दमकमा १० वटै वडाका कांग्रेस वडा सभापतिहरुले पार्टी हितविपरित गतिबिधि गर्ने व्यक्तिलाई कारबाहीको माग गरेका छन् ।

भर्खरै सम्पन्न हम्सेदुम्से सामुदायिक बन उपभोक्ता समितिको निर्वाचनमा पार्टीको निणर्यबिपरित बागी उम्मेद्वारी दिने वडा नम्बर २ का पार्टी क्रियाशील सदस्य टेकेन्द्र अधिकारीलाई कारबाही गर्न उनीहरुले माग गरेका हुन् । यसअघि अधिकारीलाई कारबाही गर्न वडा नम्बर १, २ र ३ ले सिफारिस गरिसकेको भन्दै उक्त कारबाही सिफारिसप्रति १० वटै वडाका सभापतिहरुको मंगलबार नगर पार्टी कार्यालयमा बसेको बैठकले समर्थन गरेको वडा नम्बर ५ का सभापति चैतन्य बरालले जानकारी दिए । पार्टी हितबिपरित कार्य गर्ने जो कोहिलाई गरिने कारबाहीमा आपूmहरुको समर्थन रहेको उनले बताए । त्यसैगरी वडा सभापतिहरुको बैठकले आगामी निर्वाचनको उम्मेद्वारी सन्दर्भमा पार्टीले हालसम्म कुनै पनि निणर्य नगरेकोले आपूmखुशी उम्मेद्वारी सार्वजनिक नगर्न अथवा उम्मेद्वारको बिषयमा सार्वजनिक टिका टिप्पणी नगर्न पनि पार्टी नेतृत्वसंग आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्