झापा, फागुन ५ । सामुदायिक विद्यालयमा अध्ययनरत विधार्थीहरुका लागि पोशाक वितरण गर्ने कार्यलाई बिर्तामोड नगरपालिकाले तिव्रता दिएको छ ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटी,उपप्रमुख पवित्रा महतारा प्रसाई,वडा नम्बर ९की वडाध्यक्ष पवित्रा पाठक,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,शिक्षा अधिकृत जानुका रेग्मी,केशरबहादुर खवास,सिएस गार्मेन्ट उद्योगका सञ्चालक मोती गौतमसहितको टोलीले विहीबार वडा नम्बर ९का ३ वटा विद्यालयमा पुगेर पोशाक वितरण गरेको हो । दुर्गा माध्यमिक विद्यालयका २१५ जना,देवकोटा आधारभूत विद्यालयका ९४ जना र शहीद लक्ष्मी प्राथमिक विद्यालयका १३७ जना विधार्थीलाई पोशाक वितरण गरिएको जनाइएको छ ।

सबै विद्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख शिवाकोटी र उपप्रमुख महतारा प्रसाईले प्रतिनिधिमुलक ढंगबाट एक छात्र–एक छात्रा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पोशाक हस्तान्तरण गरेका थिए । नगरपालिकाले सामुदायिक विद्यालयका नर्सरीदेखि कक्षा ५ सम्मका विधार्थीहरुका लागि बुधबारदेखि पोशाक वितरण कार्यलाई अघि बढाएको हो । नगरपालिकाले बुधबार बिर्तामोड ६,७ र ८ नम्बर वडाका ४ वटा विद्यालयमा पुगेर ५६२ जना विधार्थीलाई पोशाक वितरण गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्