बिर्तामोड , फागुन ७ । देशकै नम्बर १ विकास बैंक मुक्तिनाथ विकास बैंकको बिर्तामोड शाखाले परोपकार तथा अनुसन्धान केन्द्रद्वारा संचालित हाम्रो साझा घरका बृद्धबृद्धाहरुलाई सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बिर्तामोड ४ स्थित हाम्रो साझा घरमा रहेका बृद्धबृद्धाहरुलाई बैंकले एकछाकको भोजन गराउनुका साथै ५ वटा वाल फेन र ८ वटा कुर्सी प्रदान गरेको हो । सामाजिक उत्तरदायित्वअन्तर्गत बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई बैंकका तर्फबाट सहयोग गरिएको शाखा प्रबन्धक हरि ओझाले बताए ।

कार्यक्रममा शाखा प्रबन्धक ओझा , ऋण अधिकृतहरु प्रतिक सुवेदी , करण भण्डारी , अपरेसन इन्चार्ज सुस्मीता कोइराला , साना तथा मझौला डेस्कका पुष्पलाल पुरी , विकास राय , प्रशान्त नेपाल , टेलर अस्मिता खड्का , कस्टमर सर्भिस गीता खतिवडालगायतको उपस्थिति रहेको थियो । सो बृद्धाश्रममा ३२ जना बृद्धबृद्धा आश्रित रहेका छन् ।

वित्तीय कारोबार गर्ने देशभरिका विकास बैंकहरुमध्ये मुक्तिनाथ विकास बैंक सबैभन्दा उत्कृष्ट स्थानमा आउँछ । सो बंैकले १६६ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्