बिर्तामोड , फागुन ७ । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर वीरता जेसीजले बिर्तामोड –१ पञ्चकन्या टोल निवासी राजगिर ठाकुरलाई व्हील चियर वितरण गरेको छ ।

वीरता जेसीजका कार्यवाहक अध्यक्ष कुशल खतिवडाको अध्यक्षता तथा वीरता जेसीजका पूर्व अध्यक्ष निर्मल भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक विकास बस्नेतले स्वागत गरेका थिए ।

कार्यक्रममा वीरता जेसीजका पूर्व अध्यक्ष निर्मल भट्टराई , अर्जुनधारा जेसीजका अध्यक्ष भिमबहादुर कुँवर राजुलगायतले वीरता जेसीजले गरेको कार्यको प्रशंसा गरेका थिए ।
कार्यक्रममा आफूलाई व्हील चियर प्रदान गरेर ठूलो गुन लगाएको भन्दै राजगिर ठाकुरले वीरता जेसीजका पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा वीरता जेसीजका निवर्तमान अध्यक्ष मिजास पोखरेल, पूर्व सदस्य दिपककुमार दाहाल, सानिमा वैंक बिर्तामोड शाखाका म्यानेजर अम्विका खतिवडा, व्यवसायी कुमार कडरियालगायतको आतिथ्य रहेको थियो । वीरता जेसीजका उपाध्यक्ष वसन्त ढकालले आस्था वाचन गरेको कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव टिकाराम खतिवडाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्