बिर्तामोड, फागुन ७ । नेकपा (एकीकृत समाजवादी) बिर्तामोड ७ को वडा भेलाले ३५ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

जसको अध्यक्षाम अनिता पौडेल खत्री, उपाध्यक्षहरु महानन्द भण्डारी, महेश मालपाडिया, गंगा कार्की, सचिव उर्मिला खरेल, उपसचिव कल्पना भट्टराई चयन भएका छन् ।

बिर्तामोड नगर कमिटी अध्यक्ष श्रीप्रसाद सिटौलाको अध्यक्षतामा भएको भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य पुष्प पोखरेलले केपी ओलीले राजा ज्ञानेन्द्रलाई एमाले बुझाउन लागेपछि पार्टी बचाउन विद्रोह गर्नुपरेको बताए ।

पार्टी प्रदेश कमिटी सदस्य बिमल उप्रेती र प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले मन्तव्य राखेको भेलाले महिला नेतृत्वलाई वडाको जिम्मेवारी दिएको हो । जुन कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिवमा महिलालाई नै जिम्मेवारी प्रदान गरेको नगर सचिव कृष्ण बिष्टले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्