झापा , फागुन ८ । कारागारमा रहेका श्रीमान र देवरलाई कारागारबाट छुटाई दिन्छु भनी प्रलोभनमा पारी रकम ठगी गर्ने १ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईटहरी-१२ का ‘मन्दु’ भनिने जसबहादुर लिम्बु रहेका छन् । कर्तब्य ज्यान मुद्धामा जिल्ला कारागर तेह्रथुममा रहेका सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई थुनुवा मुक्त गराई दिन्छौ भनी सुरेन्द्रकी श्रीमती तारा कार्की पुरीसंग ३३ लाख रुपैयाँ ठगी गरेको आरोपमा लिम्बुलाई पक्राउ गरेको हो । लिम्बु र ईटहरी-१२ कै भरत चौधरीले आफ्नो न्यायाधिस र प्रहरीसँग राम्रो सम्वन्ध रहेको हुँदा दुबै जनालाई छुटाईदिने प्रलोभनमा पारी रकम ठगी गरी फरार भएका थिए । घटनाको जानकारी पाए लगत्तै उनीहरुको खोजतलासमा खटिएको प्रहरी टोलीले रकम ठगी गर्ने मध्येका लिम्बुलाई पक्राउ गरेको तथा अर्को आरोपितको खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालयले ईटहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्