अर्जुनधारा , फागुन ८ । झापाको अर्जुनधारा ८ स्थित शनिश्चरे अर्जुनधारा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको शनिबार सम्पन्न निर्वाचनमा लोकतान्त्रिक गणतान्त्रिक समावेशी प्यानलका उम्मेद्ववारहरु निर्वाचित भएका छन् ।

निर्वाचन समितिका संयोजक कृष्णप्रसाद पौड्यालका अनुसार लोकतान्त्रिक गणतान्त्रिक समावेशी प्यानलका तर्फबाट अध्यक्षमा किरण शिवाकोटी (५६९), उपाध्यक्षमा किरण वन (४८७), सचिवमा राकेश ढकाल (५३६), सहसचिवमा शान्तिदेवी राई (४६६), दुई खुल्ला महिला सदस्यमा देवकला प्रसाईं (४७५) र सरु बुढाथोकी (४५८), तीन खुल्ला सदस्यमा तुलाराम दाहाल (४७९), दिपेन्द्र फूँयाल (३७७) र राजेन्द्र काफ्ले (४१७) निर्वाचित भएका छन् ।

त्यस्तै उपविजेता संयुक्त लोकतान्त्रिक प्रगतिशिल प्यानलका अध्यक्ष पदका उम्मेद्ववार रुद्रबहादुर न्यौपाने (१८९), उपाध्यक्ष पदका उम्मेद्ववार श्याम घिमिरे (२५९), सचिव पदका उम्मेद्ववार सन्तबहादुर तामाङ (२००), सहसचिव पदका उम्मेद्ववार गणेशबहादुर खड्का (२४६), दुई खुल्ला महिला सदस्य पदका उम्मेद्ववार मेनुकादेवी पोखरेल (१७८) र राधा गिरी (२६३), तीन खुल्ला सदस्य पदका उम्मेद्ववार वृखबहादुर कार्की (२०९), मानकुमार थापा मगर (२८०) र रमेशकुमार काफ्ले (२८४) मत ल्याई पराजित भएका छन् ।

स्थानीय शनिश्चरे माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न निर्वाचनमा आठ सय १८ मतपत्र खसेको निर्वाचन समितिका संयोजक पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्