भद्रपुर, फागुन ९ । भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिककी सम्पादक माया पकुवाल प्रधानको ५४ वर्षको उमेरमा आज विहान निधन भएको छ ।

उनलाई मिर्गौलाको समस्या रहेको थियो । चार वर्षअघि उनले मिर्गौला प्रत्यारोपण गराएकी थिइन् ।उनलाई जेठाजु सौरभ प्रधानले एउटा मिर्गौला दिएका थिए । एक साताअघि रुघाखोकी र निमोनिया संक्रमणले सताएपछि उनलाई सुरुमा मेची अस्पताल र त्यसपछि ओमसाई पाथिभरा हस्पिटलमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमा नियमित डाइलोसिस भइरहेको थियो ।
ओमसाई हस्पिटलको आइसीयुमा राखेर उपचार भइरहेकै अवस्थामा आज विहान ३.३० बजे उनको निधन भएको परिवारले जनाएको छ । उनी नेपाल पत्रकार महासंघ झापा, प्रेस चौतारी नेपाल झापा, नारी सञ्चार गृह झापा, भद्रपुर प्रेस क्लवलगायतका संस्थामा आवद्ध रहेकी थिइन् ।उनका श्रीमान र दुई छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्