पथरीशनिश्चरे , फागुन ९ । ईलाका प्रहरी कार्यालय पथरी मोरङले विभिन्न समयमा हराएका मोबाईल सम्बन्धित धनीहरुलाई जिम्मा लगाएको छ ।

सोमबार एक कार्यक्रमको आयोजना गरी ईलाका प्रहरी कार्यालय पथरीले विभिन्न समयमा हराएका आठ थान मोबाइलहरू खोजतलास गरी हात लगाएको हो।

उक्त अवसरमा ईलाका प्रहरी कार्यालय पथरीका ईन्चार्ज डिएसपी कृष्ण खड्काले उपस्थित सबैलाई सुरक्षा सचेतना अपनाउन अनुरोध गरेका थिए । उपस्थित सबै मोबाइल धनीले प्रहरीको उक्त कामको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्