भद्रपुर, फागुन ९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा भद्रपुरमा सोमबार मोटरसाइकल र्याली निकालेको छ ।

राप्रपा भद्रपुर नगर कमिटीको आयोजनामा भद्रपुरमा मोटरसाइकल र्याली निकालिएको हो । भद्रपुर– १ पृथ्वीनगरस्थित हिमाली चोकबाट सुरु भएको मोटरसाइकल र्याली सगरमाथा चोक, ज्ञानेचोकबाट भद्रपुर बजार, लेखनाथ चोक हुँदै ट्रेड युनियन चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

मोटरसाइकल र्यालीमा सहभागी कार्यकर्ताहरूले नो एमसीसी, एमसीसी परियोजना खारेज गर, देश बेच्न पाइँदैन, विदेशी दलाल मुर्दावाद, राजसंस्था जिन्दाबादलगायतका चर्को नाराबाजी गरेका थिए । कोणसभालाई राप्रपा नगर अध्यक्ष राधा कार्की, राजकुमार राईलगायतले संबोधन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्