झापा , फागुन १० । सुनसरीको बराहक्षेत्र-६ बाट नियन्त्रीत लागूऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बराहक्षेत्र-३ का ३२ बर्षीय अजित राजधामी रहेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले राजधामीलाई ९२० मिलिग्राम लागूऔषध ब्राउनसगुरसहित पक्राउ गरेको हो । पक्राउ परेका राजधामीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्