झापा, फागुन १० । एक हप्ता अगाडि सुनसरीको धरान ४को जङ्गलमा भेटिएको शव झापाका दिनेश सिग्देलको भएको खुलेको छ ।

प्रहरीका अनुसार उक्त शव दमक ५ का ४३ वर्षीय दिनेश सिग्देलको हो । सुनसरी प्रहरीका अनुसार सोमबार अबेर उनको पहिचान भएको हो । सिग्देलका परिवारले शवको सनाखत गरेका हुन् । सिग्देल भर्खरै वैदेशिक रोजगारीबाट आएका थिए । गत बुधबार सो स्थानमा बोरामा मान्छेको टाउको तथा दाहिने खुट्टा एउटामा र त्यसको भोलिपल्ट बिहान घटनास्थलबाट उत्तर धरधरे भन्ने स्थानमा अर्को बोरामा बाँकी शरीर भेटिएको थियो । शव पहिचान भएसँगै अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले विश्वास गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्