झापा , फागुन १२ । झापाको बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा झापा गाऊपालिका-४ का १९ बर्षीय अब्दुल अन्सारी र बिर्तामोड नगरपालिका ४ का १९ बर्षीय उतम बर्देवा रहेका छन् । हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय अनामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ पश्चिम स्टेनबाट अब्दुल अन्सारीलाई ब्राउनसुगर ५ ग्राम र हिजै बेलुका साढे ४ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उतम बर्देवालाई घरैबाट ब्राउनसुगर ८०० मिलिग्रामसहित पक्राउ गरिएको हो । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्