बिर्तामोड , फागुन १२ । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले प्रदर्शन गरेको छ ।

‘राष्ट्रघाती एमसीसी मुर्दावाद, एमसीसी खारेज गर , देश बेच्न पाइदैन , भ्रष्ट नेता चाहिदैन’ जस्ता नारा लगाउँदै राप्रपाले एमसीसीको विरोध गरेको हो । राप्रपा क्षेत्र नं. २ तथा सम्पूर्ण भातृ संगठनद्वारा आयोजित ¥याली बिर्तामोड बजार परिक्रमा गरी मुक्ति चौकमा कोणसभामा परिणत भएको थियो । सभालाई संबोधन गर्दै क्षेत्रीय अध्यक्ष दीपक मास्केले एमसीसीको विरुद्ध सम्पूर्ण देशभक्ति शक्ति एक नभए भोलि लिबिया , सुडान र अफगानिस्तानको जस्तो हालत नेपालीहरुले भोग्नुपर्ने चेतावनी दिए । उनले श्रीलंकामा एमसीसी संझौता गरेर अमेरिकाले समानान्तर सरकार चलाउन खोज्दा आन्दोलन गरेर एमसीसी फिर्ता गर्नुपरेको उदाहरण प्रस्तुत गरे । देश अनुदानले नबनेर जनताको श्रम र पसिनाले बन्ने उनको भनाई थियो ।

कोणसभामा पार्टीका नगर अध्यक्ष रन्जु प्याकुरेल , युवा नेताहरु ध्रुव उप्रेती , केशव कार्कीलगायतले संबोधन गरेका थिए । कार्यक्रमको संचालन शिखा खड्काले गरेकी थिइन् । सरकारले फागुन ८ गते संसदमा पेश गरेर एमसीसीमाथि छलफल सुरु गर्न लागेपछि राप्रपाले देशव्यापी आन्दोलन शुरु गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्