झापा , फागुन १३ । इलामको रोङ गाउँपालिका-२ मा रुखबाट लडि १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोङ-२ बरफल्याङका २७ बर्षीय सुवास नेपाल रहेका छन् । हिजो बिहान साढे ८ बजे घर नजिकै रहेको साजको रुखमा चढी घाँस झार्ने क्रममा लडी घाईते भएका नेपालको उपचारको क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको हो । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्