पथरीशनिश्चरे, फागुन १५ । गत बुधबार ११ गते मोरङको लेटाङ नगरपालिका ––८की एक बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा सोहि वडा बस्ने ६४ बर्षे दिपक गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

विद्यालयबाट अपरान्ह ४ः३० बजे घर जाने क्रममा वेपत्ता भएकी वडा नं–८को जाँते उच्च मा.विको. कक्षा ६ मा पढ्ने १२ वर्षकी बालिका करूणा राईको शव गत १३ गते शुक्रबार बिहान ८ः३० बजे खोजतलासको क्रममा लेटाङ नगरपालिका वडा नं.–८ लाल हिरा सामुदायिक बनमा ढुंगाले छोपेको मृत अबस्थामा फेला परेको थियो ।

उक्त घटनामा संलग्न दिपक गिरीलाई ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी मोरङ जिल्ला अदालतबाट जवरजस्ती करणी गरी कर्तव्य ज्यान सम्बन्धी कसूरमा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा गिरीले जवरजस्ती करणीपश्चात हत्या गरी सोही स्थान नजिकै रहेको खोल्सामा शवलाई घोप्टो पारी ढुंगाले छोपी बालिकाको सबै लुगा कपडा र जुत्ता समेत जलाईदिएको वयान दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्