पथरीशनिश्चरे , फागुन १६ । पोखरा–११ भेट्रान फुटबल क्लब मोरङको सुनबर्षी –२ अमरदहमा संचालन भैरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण अमरदह ढल्केजोवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा सुनसरीको द योङ व्रोदर्स ईटहरीलाई ५–३ को अन्तर गोलले हराउँदै पोखरा भेट्रान विजयी भएको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित समयमा बराबरी भएपछि टाइब्रेकरको सहारा लिनु परेको थियो । दुवै टिमले पटक–पटक गोल गर्ने थुप्रै प्रयासहरू चुकाएका थिए । टाईब्रेकरमा पोखरा भेट्रान क्लबले ईटहरीको योङ व्रोदर्सलाई ३ का विरूद्ध ५ गोल गर्दै विजय हासिल गरेको हो े। प्रतियोगिताको म्यान अफ द म्याच पोखरा भेट्रान क्लबका जर्सी नं.१५का एल एक्स घोषित भए । उनलाई प्रमुख अतिथि समेत रहेका अमरदह अन्तर्राष्ट्रिय आमन्त्रण ढल्केजोवन गोल्डकपका दोस्रो पुरस्कार राशिको मुख्य प्रायोजक बाबा निर्माण सेवाका प्रोप्राइटर जंगवीर लामाले नगद ५ हजार र ट्रफी प्रदान गरे ।
मंगलबार आयोजक अमरदह ढल्केजोवन फुटबल क्लब र बुद्धभूमि भेट्रान क्लबबीच प्रतिस्पर्धा हुने अमरदह चौथो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपका अध्यक्ष प्रताप तामाङले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्