झापा , फागुन १९ । उद्योग वाणिज्य संघ शिवसताक्षीको अध्यक्षमा यामनाथ काफ्ले विजयी भएका छन् ।

बुधबार सम्पन्न निर्वाचनको आज विहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार गठबन्धनका उम्मेद्वार काफ्ले अध्यक्षमा निर्वाचित भएका हुन् । काफ्लेले ५८५ मत पाएका छन् । एमालेबाट सोही पदका उम्मेद्वार रामनरेश शर्माले ५७८ मत पाए । उनीहरु बीचको मतान्तर ७ मात्र हो ।

निर्वाचनमा काफ्ले नेपाली कांग्रेस, नेकपा माओवादी र एकिकृत समाजवादीका तर्फबाट उम्मेद्वार बनेका हुन् । अध्यक्ष काफ्लेसहित वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष र महासचिव पदमा गठबन्धनका उम्मेद्वार निर्वाचित भएका छन् । उद्योग उपाध्यक्ष, उद्योग सचिव, वाणिज्य सचिव र कोषाध्यक्षमा भने एमालेका उम्मेद्वार विजयी भएका छन् । आठ पदाधिकारीमा गठबन्धनले ४ र एमालेले ४ पदमा विजयी हासिल गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्