झापा , फागुन २० । मोरङ बेलबारीको बिभिन्न स्थानबाट हिजो लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरिएको छ ।

हिजो दिउँसो ११ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका-४ मा पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको को २ ह ३२१५ नम्बरको अटोमा लुकाई छिपाई ल्याउदै गरेको लागूऔषध गाँजा ४ केजी फेला पारे सँगै अटो चालक धनकुटा आखिसल्ला १ घर भई हाल सुनसरी धरान १६ बस्ने ३३ बर्षीय केशरमान राई र अटोमा सवार धनकुटा महाभारत ५ घर भई हाल सुनसरी धरान ११ बस्ने २८ बर्षीय मनोज राईलाई नियन्त्रणमा लिईएको छ । यसै गरी हिजो दिनको ३ बजे बेलबारी नगरपालिका ४ बेतना सिमसारबाट बेलबारी नगरपालिका १ का १९ बर्षीय गोबिन्द बिक , १९ बर्षीय मुस्कान राई लाई १ केजी गाँजासहित पक्राउ गरिएको छ भने बेलबारी नगरपालिका ९ का ३० बर्षीय अविनास खवासलाई घरैबाट गाँजा २०० ग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका ६ जना उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्