झापा , फागुन २० । ओखलढुंगा र उदयपुरमा घास काट्ने क्रममा रुखबाट लडेर २ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो ११ बजे ओखलढुङगा चिशंखुगढी गाउँपालिका ३ दियाले बस्ने ६३ बर्षीय बिरबहादुर आलेमगर घर नजिकै आफ्नै बारीमा रहेको टुनिको रुखमा घास काट्ने क्रममा लडेर गम्भिर घाईते भएका थिए । घाईते मगरको दिउँसो साढे १ बजे मिसन अस्पताल ओखलढुंगा पुर्याई चेकजाँच गर्दा मृत्यु भईसकेको थियो । यसैगरी हिजै बेलुका ५ बजे उदयपुर त्रियुगा नगरपालिका १० करमगाछीकी ५५ बर्षीया कालुमाया राई त्रियुगा नगरपालिका ११ बरुवा सामुदायिक बनमा घाँस काट्ने क्रममा भोर्लाको रुखबाट लडि घाईते भएकी थिईन् । घाईते राईको उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्