झापा , फागुन २२ । सुनसरीको धरान उप महानगरपालिका-५ बाट निषेधित लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान-५ का २६ बर्षीय चेतन मगर रहेका छन् । हिजो राती पौने १० बजे बिशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी गस्ती टोलीले मगरको कोठामा खानतलासी गर्दा नियन्त्रित औषधी Tramadol-४९५ क्याप्सुल, Tramol-२६१० क्याप्सुल, Spaspain-१९१४ ट्याब्लेट र Decolic-२३१५ ट्याब्लेट र को.२१ प ४७४६ नम्बरको मोटरसाईकल १ थान समेत बरामद गरेको हो । नियन्त्रित औषधीसहित पक्राउ परेका मगरको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्