झापा, फागुन २२ । ओखलढुंगाको सिद्दिचरण नगरपालिका-५ सिस्नेखोलामा रुम्जाटार ओखलढुंगा भित्री सडक खण्डको माम्खामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा ओखलढुङ्गा चिसंखुगढी गाउँपालिका-३ दियालेकी ३८ बर्षीया कुमारी श्रेष्ठ रहेकि छिन् । आज बिहान ८ बजे ओखलढुंगा तर्फ आउदै गरेको प्रदेश १-०२-००१ ज ३८७५ नम्बरको बोलेरो अचानक सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी श्रेष्ठको घटनास्थलमानै मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढूङगाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्