झापा , फागुन २२ । नेपाल अंग्रेजी भाषा शिक्षकहरुको संगठन नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एशोसिएसन नेल्टा झापाका अध्यक्ष धर्मेन्द्र भट्टराई नेल्टाको केन्द्रीय समिति सदस्यमा मनोनित भएका छन्।
![](https://pratidindaily.com/wp-content/uploads/2022/03/mama.jpg)
पच्चीस वर्षअघि स्थापना भएको नेल्टामा साविक मेची अञ्चलबाट केन्द्रीय सदस्य हुने भट्टराई पहिलो ब्यक्ति हुन्। अंग्रेजी भाषा शिक्षकहरूको पेशागत विकास , तालिम, गोष्ठी सेमिनार र अन्य अध्ययन सामग्री संचालन तथा प्रकाशनको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । झापामा विगत ६ बर्षअघि भट्टराईलगायतको पहलमा नेल्टाको स्थापना भएको थियो ।
यस अवधिमा झापा जिल्लामा विभिन्न किसिमका तालिम , गोष्ठी र सेमिनार , प्रबिधिको संचालन गरी दुई हजारभन्दा बढी शिक्षकहरूलाई पेशागत विकासको अवसर प्रदान गरिसकेको जनाइएको छ । शिक्षा र शिक्षकको गुणस्तर बृद्धिका लागि अहम् भूमिका निर्वाह गरेका भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो बौद्धिक क्षमता प्रस्तुत गरेका छन्। हाल उनी ब्रिटिस काउन्सिल नेपालको राष्ट्रिय प्रशिक्षकको रुपमा कार्यरत छन्।