भद्रपुर, फागुन २३ । नेपाली काँग्रेस कचनकवल गाउँ समितिले कचनकवल गाउँपालिकाको सेवा प्रवाह पारदर्शी नभएको भन्दै ५ वर्षे अवधिमा गरिएका सवै कामको तथ्यगत खर्च विवरण माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

गाउँ सभापति तुलाराम अधिकारीको नेतृत्वमा गएको टोलीले विषयगत विवरणसहित खर्चको यकिन तथ्य माग गर्दै गाउँपालिका प्रमुख अञ्जार आलमलाई ५ वर्षे आवधिक खर्च विवरणको मागपत्र बुझाएको हो ।

९ वटा बुँदामा राखिएको मागपत्रमा कृषि, पर्यटन, सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कोरोना रोकथाम तथा उपचार खर्च, रोजगारीलगायत भौतिक पूर्वाधार विकास निर्माणका लागि गरिएका सवै खर्च र प्राप्त आम्दानीको तथ्यगत विवरण माग गरिएको छ ।
गाउँपालिका नेतृत्वले पारदर्शी खर्च गर्न नसकेको तथा जनताका पक्षमा काम नभएका कारण पटक पटक सचेत गराउँदा समेत अटेर गरेपछि ५ वर्षे खर्च विवरण माग्न बाध्य भएको नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा शिक्षासेवी भूमिप्रसाद राजवंशीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्