पथरीशनिश्चरे, फागुन २७ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरका व्यावसायिक कृषि फर्मका लागि ५० प्रतिशत अनुदानमा घाँस तथा कुटी काट्ने मेसिन वितरण गरेको छ।

नगरपालिकाले विहीवार च्यापकटर र दाना पिस्ने मेसिन वितरण गरेको हो । नगर उपप्रमुख यमुना विष्ट बाँस्तोलाको अगुवाईमा पशुपंछी शाखाका प्राविधिक पर्वत साहसहितले ३० हजार रुपैयाँ दरका १३ वटा च्यापकटर र २५ हजार रुपैयाँ दरका दाना पिस्ने ८ वटा मेसिन वितरण गरेका हुन् ।

ती सामग्री प्राप्त गरेपछि नगरले व्यावसायिक प्रवद्र्धनमा सहयोग पु¥याएकोमा कृषकहरुले खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्