बिर्तामोड , फागुन २९ । बिर्तामोड नगरपालिका वडा नं. २ का टोल विकास संस्थाहरुको दुईदिने क्षमता विकास अभिबृद्धि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बिर्तामोड नगरपालिका वडा नं. २ को सहयोग तथा सगरमाथा सामाजिक सेवा केन्द्र, बिर्तामोड–३ को आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा ६५ जना सहभागी थिए ।

सगरमाथा सामाजिक सेवा केन्द्रका अध्यक्ष भीष्म उप्रेतीको अध्यक्षतामा भएको समापन कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. २ का वडा अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, वडा सचिव ज्योती न्यौपाने, समाजसेवी जगन्नाथ अधिकारीलगायतको आतिथ्यता रहेको थियो । चारपाने सामुदायिक भवनको सभाहलमा संस्थाका सचिव अर्जुनकुमार पाठकले सञ्चालन गरेको समापनसत्रमा सहभागीका तर्फबाट उर्मिला ढकाल पोख्रेल, रमेशकुमार खरेल तथा अतिथिहरुबाट वडा सचिव न्यौपाने र वडा अध्यक्ष संग्रौलाले मन्तव्य राखेका थिए ।

बिर्तामोड नगरपालिका वडा नं. २ का ३१ वटा टोल विकास संस्थाहरुका अध्यक्ष, सचिव तथा स्थानीय संघसंस्थाहरुको सहभागिता रहेको कार्यक्रमको बिर्तामोड नगरपालिकाकी उप–प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकी थिइन् ।

क्षमता अभिबृद्धि तथा अन्तरक्रिया कार्यक्रमको सहजीकरण विराट सामुदायिक अध्ययन केन्द्रका कार्यक्रम संयोजक फणिन्द्र दाहाल, भद्रपुर नगरपालिकाका रोजगार संयोजक टिकाराम पाण्डे, विर्तामोड नगरपालिकाका योजना शाखाका खरिदार प्रकाशकुमार गुप्ता, विराट सामुदायिक अध्ययन केन्द्रका लेखा तथा प्रशासन अधिकृत एकेन्द्र उप्रेती, सगरमाथा सामाजिक सेवा केन्द्रका सचिव अर्जुन पाठकले गरेको संस्थाका अध्यक्ष उप्रेतीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्