झापा , फागुन २९ । झापाको दुई स्थानबाट लागूऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१२ का ४५ बर्षीय कुमार राजबंशी र झापा अर्जुनधारा नगरपालिका-४ भाङबारी का ३६ बर्षीय रेसबहादुर सार्की रहेका छन् । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेउबाट कुमार राजबंशीलाई ४ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो भने हिजै बेलुका ७ बजे अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले रेसबहादुर सार्कीलाई घरमै ब्राउन सुगर २ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्