झापा , चैत १ । पाँचथरको हिलिहाङ गाउँपालिका-१ अमरपुरमा भिरफेदी जंगलमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ ।

औँसा र किरा परेको अवस्थामा करिब ४० वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । सेतो र नीलो रङको हाफ भेष्ट र कालो जिन्स पेन्ट लागाएको अवस्थामा शव भेटिएको हो । कपाल र दारी पालेको र अगाडीको दुई ओटा दाँत नभएको अवस्थामा शव भेटिएको हो । शवको पहिचानका लागि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माले जानकारी दिए । ‘शवको पहिचान र घटनाको विषयमा अनुसन्धान भइरहेको छ,’ बिश्वकर्माले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्