झापा, चैत १ । मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।

यस्तै, घाइतेलाई जनही ५० हजार रूपैयाँ उपचार खर्च दिने उपलब्ध गराउने भएको छ । सोमबार बसेको नगरपालिका कार्यपालिकाको बैठकले उक्त निणर्य गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले जानकारी दिए । गत बिहीबार मादी नगरपालिका-६, सातघुम्तीमा बस दुर्घटना भएको थियो । दुर्घटनाका मृतकको र घाइतेको सम्झनामा भूमेश्वर महादेवको स्मारक समेत बनाउने निणर्य पनि भएको लिङथेपले बताए । स्मारकमा घाइते र मृतकको नाम लेखिने बताइएको छ । मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नम्बरको बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । घाइतेमध्ये डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । अन्य घाइते सबैको अवस्था खतरामुक्त रहेको नगरप्रमुख लिङथेपले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्