भद्रपुर, चैत १ । ३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भ पारेर झापाको भद्रपुरमा ५ दर्जन जेष्ठ नागरिक र असल बुहारीलाई सम्मान गरिएको छ ।

जेष्ठ नागरिक संघ नगर समिति भद्रपुरको आयोजना तथा भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा मंगलवार चन्द्रगढीमा आयोजित कार्यक्रमका बीच नगरपालिकाभित्रका १० वटा वडा मध्येबाट प्रत्येक वडाबाट २ जनाका दरले २० जना असल बुहारी र ४ जनाका दरले ४० जना जेष्ठ नागरिकसहित ६० जनालाई सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरुमा ७५ बर्ष माथिका जेष्ठ नागरिक र असल स्याहारकर्ता बुहारी रहेका छन् । ९६ बर्षिय मानबहादुर काफ्ले , ९२ बर्षिया निर्मला कोईरालासहित ४० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

त्यसैगरी उत्कृष्ट बुहारीहरुमा भद्रपुर १० हनुमान टोल निवासी ओमकुमारी घिमिरे , पुष्पा रेग्मी अधिकारी ,ईन्दिरा प्रसाईलगायत छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जेष्ठ नागरिक संघ झापाका अध्यक्ष हरिप्रसाद ओलीलगायतले सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि ओली, संघका बरिष्ठ उपाध्यक्ष ईश्वरप्रसाद तिम्सिना, नागरिक एफएम भद्रपुरका प्रबन्ध निर्देशक चिन्तामणी दाहाल, संघका जिल्ला उपाध्यक्ष सूर्यनारायण गणेश ,भद्रपुर नगरपालिका सामाजिक विकास शाखा अधिकृत जीवनकला राउत, ईश्वर पोखरेल ,रेमनाथ चुडाललगायतले मन्तव्य राखेका थिए । संघका नगर अध्यक्ष हेमप्रसाद खनालको अध्यक्षता तथा सचिव शंकर गौतमको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य नगर उपाध्यक्ष धनप्रसाद सिवाकोटीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्