झापा , चैत १ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

मंगलवार दिउँसो १.३० बजे मेचीनगर ६ स्थित मेची पुल छेउमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धनकुटा पाख्रिबास ३ बस्ने ३३ वर्षिय बिनोद घिमिरेलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनको साथबाट २३ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्