झापा , चैत १ । स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ।

प्रहरी प्रधान कार्यालयले मंगलबार भर्नाका लागि विज्ञापन खुलाएको हो।
नेपाली नागरिकले चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ ।

म्यादी प्रहरीले ४० दिन काम गर्नुपर्ने र त्यसका लागि ३० हजार २४० रुपैँया तलब तोकिएको छ। त्यसका अलावा खाद्यान्नबापत ७ हजार दुई सय र खाद्यान्नबापत ६ हजार भत्ता तोकिएको छ। सबै गरेर प्रतिव्यक्ति म्यादी प्रहरीले ४३ हजार बढी रुपैयाँ पाउनेछन्। म्यादी प्रहरीमा भर्ना हुन् १८ देखि ५४ वर्ष हुनुपर्ने बताइएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्