झापा , चैत २ । सुनसरीको नगरपालिका-५ सिमरवनमा जनजागृति सामुदायिक वनबाट ३ नाल भरुवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बराहक्षेत्र-५ का ३६ बर्षीय पवनलाल माझी र बराहक्षेत्र-३ देविथानका २७ बर्षीय मोहन श्रेष्ठ रहेका छन् । हिजो दिउँसो सवा ३ बजे बिशेष सूचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिगएको प्रहरी टोलीले सामुदायिक वनमा सिकार खेल्न बसीरहेका माझी र श्रेष्ठलाई लोड भएको ३ नाल भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो । भरुवा बन्दुकसहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्