झापा , चैत ३ । प्रहरी प्रशासनले होली मनाउने क्रममा अवाञ्छित गतिविधि नगर्न÷नगराउन सचेत गराएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले यस्ता गतिविधि गरे÷गराएको पाइएमा प्रचलित कानून बमोजिम सजाय हुने भन्दै सचेत गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बिहीवार एक सूचना जारी गरी सरकारले तोकेको स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गरी होली पर्व मनाउन अनुरोध गर्दै कोही कसैको इच्छाविपरीत रङ्ग दल्ने , लोला तथा पानी छयाप्ने , मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने , सार्वजनिक स्थलमा होहल्ला गर्ने कसैको निजी तथा सार्वजनिक जीवनमा असर पर्ने खालका अवाञ्छित गतिविधिहरु नगर्न÷नगराउन सचेत गराएका हुन् ।

त्यस्तै प्रहरीले यसअघि भन्दा सुरक्षा व्यवस्था कडा बनाएको छ । सबै ठाउँमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए । होलीमा उच्छृंखल गतिविधि नगर्न भनेर प्रहरीले माइकिङ गरिरहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्