झापा ,चैत ४ । प्रतिबन्धित लागूऔषधसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

बिहीबार भद्रपुर ३ स्थित नेपाल–भारत सीमाक्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किसनगंज भादगाउँ पंचायत–१२ निमुगढी बस्ने २७ वर्षिय फोगडा किस्कु र सोही ठाउँ बस्ने २९ वर्षिया रीता मर्डीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट महेशपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लुपिजेसिक १९२ एम्पुल,फेनारगन १३२ एम्पुल लागूऔषध फेला परेको थियो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्