बिर्तामोड, चैत ५ । होलीका दिन गएराति झापाको लक्ष्मीपुरमा स्कुटीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर-१४ का ३४ वर्षिय पवनकुमार सिंह रहेका छन् । राति करिब ८ बजेतिर लक्ष्मीपुरको घाग्रा पुलनजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे. ५प ८८८५ नम्बरको स्कुटीले पैदलयात्री सिंहलाई ठक्कर दिएको थियो । घाईते सिंहको उपचारको यात्रामा आज बिहान बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए । दुर्घटनामा स्कुटी चालक अर्जुनधारा-५ का ३० वर्षिय सोमबहादुर खत्री समेत घाईते भएका छन् । उनको बिएण्डसी अस्पतालमा उपचार भई रहेको डिएसपी पाठकले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्