झापा , चैत ६ । सुनसरीमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक बालक र अर्का वृद्ध छन् । बर्जु गाँउपालिका- ६ स्थित थलाह खोलामा डुबेर बर्जु-१ का लक्ष्मण ऋषिदेवका १३ बर्षीय छोरा निशान ऋषिदेवको मृत्यु भएको हो । हिजो दिउँसो साढे १ बजे सोही खोलामा नुहाउने क्रममा स्थानीयले डुबिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय छिटाहाबाट प्रहरी टोली खटिगएकोमा कानुनी प्रकृया पुरा गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । त्यस्तै ईटहरी उपमहानगरपालिका-५ शान्ति टोलमा सुकुमारी खोलाको पानीमा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ६८ बर्षीय नेत्र भण्डारी रहेका छन् । हिजो बिहान पौने ८ बजे स्थानीयले भण्डारीलाई डुबिरहेको अवस्थामा देखी ईलाका प्रहरी कार्यालय ईटहरीमा खबर गरेसँगै प्रहरी टोली खटिगई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्