झापा , चैत ६ । झापामा बहुविवाह मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनधारा ३ घर भई हाल बिर्तामोड ५ बस्ने २९ वर्षिय राजु श्रेष्ठ रहेका छन् ।
झापा जिल्ला अदालतको मिति २०७५ कात्तिक २९ गतेको फैसला अनुसार बहुविवाह मुद्दामा श्रेष्ठलाई १ बर्ष २५ दिन कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले नियन्त्रणमा लिई शनिवार फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराएको थियो । अदालतको आदेशले कारागार पठाउन हाल जिल्ला प्रहरी कार्यालयमा राखिएको सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्