बिर्तामोड , चैत ६ । प्रेस चौतारी झापाका सहसचिव तिलक योञ्जनले चौतारीले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा आफ्नो जन्मदिनको अवसर पारेर ५ हजार ५५ रुपैयाँ सहयोग गरेका छन् ।
फजुल खर्च गरेर जन्मदिन मनाउने पछिल्लो चलनलाई चिर्दै उनले संगठनको र कोषको सुदृढीकरणका लागि सहयोग रकम हस्तान्तरण गरेको बताए ।
सूर्योदय टेलिभिजनको सभाहलमा आइतवार आयोजित रकम हस्तान्तरण कार्यक्रममा टेलिभिजनका समाचार संयोजक समेत रहेका योञ्जनले आपूm बिरामी परेका बेला कोषको महत्व बुझेर पनि सहयोग गरेको बताए । प्रेस चौतारी नेपाल १ नम्बर प्रदेश सदस्य विष्णु मैनाली उप्रेती, रमेश तिवारी, जिल्ला उपाध्यक्ष प्रदिप परियारलगायतको उपस्थितिमा योञ्जनले चौतारी झापाका पूर्व अध्यक्ष गोपाल काफ्लेलाई सो रकम हस्तान्तरण गरेका थिए ।