बिर्तामोड , चैत ८ । अनारमनी पव्लिक क्याम्पस र बिर्तामोड नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा भएको खुल्ला म्याराथन दौडमा धरानका नबिन तामाङ प्रथम भएका छन् ।

९४ जना प्रतिष्पर्धीलाई उछिन्दै उनी प्रथम भएका हुन् । त्यस्तै धरानकै खान्छोहाङ लिम्बू द्वितीय भएका छन् । त्यस्तै बिरेन्द्र मा.वि. भद्रपुरका लुखिराम हस्दा तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ७ हजार , ५ हजार र ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । बिर्तामोड नगरपालिका कार्यालय अगाडिबाट सुरु भएको दौड मुक्ति चोक पुगेर पुनः नगरपालिकामा समापन भएको थियो । दौड प्रतियोगितामा नेपाली सेना , सशस्त्र प्रहरी , नेपाल प्रहरी गरी ९४ जनाले भाग लिएका थिए । बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष टिका संग्रौलाको अध्यक्षता तथा नगर प्रमुख धु्रवकुमार सिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नं.३ का वडाध्यक्ष भोजराज सिटौला , नगर शिक्षा अधिकारी तिलचन भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । अनारमनी पब्लिक क्याम्पसका अध्यक्ष राजकुमार पोखरेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन क्याम्पस प्रमुख मोहन सिवाकोटीले गरेका थिए । त्यसैगरी अन्तर मावि/क्याम्पस भलिवल प्रतियोगिता सुरु भएको छ । पहिलो दिनको खेलमा ७ वटा टिम सेमिफाईनलमा प्रवेश गरेका छन् । अनारमनी पब्लिक क्याम्पसलाई २-१ ले हराउँदै जनजागृति मा.वि.हल्दीबारी , महेन्द्र ज्योती मा.वि.लाई २-१ ले हराउँदै एमिटी कलेज , कन्चनजंघा मा.वि.लाई २-१ ले हराउँदै कन्काई मा.वि.र देवी क्याम्पसलाई समान २-१ ले हराउँदै निदी कलेज दोस्रो चरणमा प्रवेश गरेका हुन् । त्यस्तै महेन्द्र रत्न मा.वि.लाई सोझो सेटमा आदर्श मा.वि. घैलाडुब्बाले हराउँदा मनकामना कलेजले वीर अमर सिंह मा.वि.लाई पनि सोझोमा हराएको थियो । त्यस्तै देवी मा.वि. र बाल्मीकि मा.वि.ले बाई पाएका थिए । दोस्रो चरणका खेलहरु आज जारी रहेको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्