झापा , चैत ९ । धनकुटाको सागुरीगढी गाउँपालिका-६ नजिकै मंगलबार राति जिप दुर्घटना हुँदा एकजना यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिपमा सवार धनकुटाकै सागुरीगढी गाउँपालिका-७ की १९ वर्षीया श्रेया राई रहेकी छन् । उनको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति ९ बजे मे १ ज २१६२ नम्बर जिप अनियन्त्रित भई सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय भेडेटारले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्