बिर्तामोड , चैत १० । स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रा.लि. र भिप्रा एड्भरटाइजिङ एन्ड मिडिया प्रा.लि.ले बिर्तामोडमा ‘अ डे वीथ सन्दिप क्षेत्री’ नामक एकदिवसीय कार्यक्रम गर्ने भएका छन् ।

उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी यही चैत २६ गते शनिवारका दिन बिर्तामोडस्थित सिटी सेन्टरको सभाहलमा सो कार्यक्रम गरिने भएको हो ।

झापाभरिका झण्डै एक हजार विद्यार्थीलाई सहभागी गराउने लक्ष्य रहेको आयोजकले जनाएका छन् । उनीहरुलाई लक्षित गर्दै सन्दिप क्षेत्रीद्वारा विशेष तालिमको आयोजना गरिएको स्काई क्रिएटर्स इन्टरटेन्मेन्ट प्रा.लि.का अध्यक्ष सन्दिप राजवंशीले बताए । उनले जिल्लाभरिका निजी तथा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ सहित स्नातक तथा स्नातकोत्तर गर्दै गरेका विद्यार्थीहरुलाई कार्यक्रममा मोटिभेसन गरिने जानकारी दिए ।

देश तथा विदेशमा ख्याति कमाएका प्रशिक्षक क्षेत्रीले नेतृत्व विकास , क्षमता अभिवृद्धि र उद्यमशीलतासम्वन्धी प्रशिक्षण प्रदान गर्ने भिप्रा एड्भरटाइजिङ एन्ड मिडिया प्रा.लि.का कार्यकारी प्रमुख साइमनजंग बस्नेतले बताए । साथै विद्यार्थीहरुलाई मनोरञ्जन समेत प्रदान गरिने उनले जानकारी दिए । पत्रकार सम्मेलनमा भिप्रा एड्भरटाइजिङ एन्ड मिडिया प्रा.लि.का विमल राजवंशी , दीक्षा खातीले पनि कार्यक्रमबारे जानकारी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्