झापा , चैत ११ । झापामा सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हल्दीबारी ५ बस्ने ३७ वर्षिय हेमकुमार फागो रहेका छन् । झापा जिल्ला अदालतको २०७६ असार ३० गतेको फैसला बमोजिम सवारी ज्यान मुद्दा शिर्षकमा उनलाई ३ महिना कैद तोकिएको थियो । फरार रहेका फागोलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले नियन्त्रणमा लिई शुक्रवार फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालतमा उपस्थित गराएको थियो । अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्