झापा , चैत १३ । ओखलढुङगाको मानेभञ्ज्याङ गाँउपालिका-९ का २५ बर्षीय ज्ञान प्रसाद पहाडी स्थानीय मोलुङ खोलाको पानीमा डुबी रहेको अवस्थामा मृत फेला परेका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/03/drowning.jpg)
शनिवार बेलुका ५ बजे घरबाट हिडेका पहाडीको खोजतलास गर्ने क्रममा साँझ साँढे ६ बजे पानीमा डुबिरहेको अवस्थामा मृत फेला परेको भनी सूचना प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।